पहिलो सगरमाथा आरोही दलका सदस्य कान्छा शेर्पाको टेकुमा गरियो अन्त्येष्टि

काठमाडौँ – पहिलो सगरमाथा आरोहण दलको सदस्य कान्छा शेर्पाको आज टेकु दोभानस्थित चिन्तामणि घाटमा अन्त्येष्टि गरिएको छ ।

कपनस्थित निवासमा ९२ वर्ष उमेरमा निधन भएका शेर्पाको पार्थिव शरीरमा शहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले राष्ट्रिय झण्डा ओढाउनुका साथै सशस्त्र प्रहरी बलको एक टुकडीले अन्तिम सलामी अर्पण गरेको थियो ।

सन् १९५३ को सगरमाथा आरोहणमा एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले सगरमाथा शिखर आरोहण गर्दा उक्त आरोहण दलमा भरियाका रूपमा संलग्न शेर्पा ८ हजार मिटरको उचाइमा पुगेका थिए ।

शेर्पा हालसम्म सो आरोहण दलको एक मात्र जीवित सदस्यका रूपमा रहेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार