काठमाडाैँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशीला कार्की, सरकारका मन्त्रीहरू र राजनीतिक दलसँग आज छलफल गर्ने भएका छन्। शुक्रबार अपराह्न ४ बजे राष्ट्रपति पौडेलले सरकार र सबै राजनीतिक दलहरूसँग निर्वाचनबारे छलफल गर्न लागेको स्रोतले जानकारी दिएको छ।
निर्वाचन कार्यतालिका सार्वजनिक भइसक्दा पनि सरकारले संवाद अगाडि नबढाएको भनेर दलहरूले प्रश्न उठाइरहेका छन्। चुनाव फागुन २१ गते तय छ। बिहीबार नै प्रधानमन्त्री कार्की र केही मन्त्रीहरू राष्ट्रपति पौडेललाई भेट्न शीतलनिवास पुगेका थिए। भेटमा राष्ट्रपति पौडेलले पनि निर्वाचनबारे चासो राखेका थिए। कार्की नेतृत्वमा सरकार बनेपछि राष्ट्रपति पौडेलले विघठित प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सबै दलसँग दलसँग छलफल गर्न लागेका हुन् ।