गुराँस लघुवित्तद्वारा लाभांश घोषणा

काठमाण्डौ । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । संस्थाको असोज ८ गते बसेको सञ्चालक समितिको बैठकले गत आवका लागि लाभांश घोषणा गरेको हो ।
बैठकले आव २०८१/८२ सम्मको सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई हालको चुक्ता पुँजी ११ करोड ५८ लाख ४९ हजार ५ सय रुपैयाँको १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि)गरी कुल १५ प्रतिशत लाभांशको प्रस्ताव गरेको छ ।

लाभांश वितरणको प्रस्ताव स्वीकृतार्थ नेपाल राष्ट्र बैंकमा पेस गर्ने तथा सो सम्बन्धमा नेपाल राष्ट्र बैंकबाट निर्णय भई आए पश्चात आगामी वार्षिक साधारण सभामा स्वीकृतिको लागि पेस गर्ने निर्णय भएको संस्थाले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार