एसवाई प्यानलको आईपीओ निष्काशन खुला

काठमाडौं । जेन–जी आन्दोलनका कारण स्थगित भएको एसवाई प्यानल नेपाल लिमिटेडको आईपीओ आज असोज ७ गतेदेखि निष्काशन खुला भएको छ ।

भदौ १७ गते कम्पनीले सेबोनबाट जारी पूँजी १ अर्ब ३० करोड ८९ लाख ३७ हजार १०० रुपियाँको ४० प्रतिशत अर्थात ५२ करोड ३२ लाख ५४ हजार ८०० रुपियाँ बराबरको ५२ लाख ३२ हजार ५४८ कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो ।

जसमध्ये २ प्रतिशत अर्थात २ करोड ६१ लाख ६२ हजार ७०० रुपियाँ बराबरको प्रतिशेयर १०० रुपियाँ दरको २ लाख ६१ हजार ६२९ कित्ता साधारण शेयर उद्योग प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको हो । सो शेयरमा चितवन जिल्ला रत्ननगर नगरपालिकाका सम्पूर्ण वडाका स्थानीय बासिन्दाले आवेदन दिन सक्नेछन् ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार