डिउटीमा फर्कंदै प्रहरी

काठमाडौं । नेपाली सेनाले शुक्रबार बिहान ६ देखि ११ बजेसम्म निषेधाज्ञा र कर्फ्यु फुकुवा गरेसँगै सडकमा चहलपहल बढेको छ । सार्वजनिक सवारीसाधन बन्द गरिएको छ । सडकमा अत्यावश्यक सवारीसाधन मात्र चलाइएको छ ।

मुख्य सडकमा छिटपुट ट्राफिक प्रहरी खटिन थालेका छन् । नेपाल प्रहरीले पनि आफ्नो डिउटी थालेको जनाएको छ । काठमाडौं उपत्यकामा यस दिन बिहान ११ देखि बेलुका ५ बजेसम्म निषेधाज्ञा लागु गरिनेछ । त्यसपछि बेलुका ५ देखि ७ बजेसम्म अत्यावश्यक आवतजावतका निम्ति खुला गरिनेछ । बेलुका ७ देखि शनिबार बिहान ६ बजेसम्म कर्फ्यु लगाइनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार