काठमाडौं । शुुक्रबार पनि सुनचाँदीको मूल्य बढेको छ । सुन प्रतितोला १६ सय र चादी प्रतितोला ६० रुपियाँ बढेर नयाँ रेकर्ड कायम भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २ लाख १५ हजार ८०० रुपियाँमा कारोबार भइरहेको छ ।
यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी प्रतितोला २ हजार ५ सय ६५ रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।