काठमाडौं । बुधबार र बिहीबार दुई दिन शेयर कारोबार बन्द रहने भएको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार देशको पछिल्लो परिस्थितिलाई ध्यानमा राख्दै यस्तो निर्णय गरिएको हो ।
शेयर सदस्य तथा लगानीकर्ताले समेत कारोबार स्थगन गर्न आग्रह गरेपछि दुई दिन कारोबार बन्द रहने नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले बताए । स्थिति सामान्य रहेमा आइतबारबाट कारोबार खुल्नेछ ।