सिन्धुलीमा छोराले गरे आमाको हत्या

काभ्रेपलाञ्चोक– सिन्धुलीको दुधौली नगरपालिका–१४ भौडीमा छोराले आमाको हत्या गरेका छन् । उनले धारिलो हतियार खन्ती (खाडल खन्न प्रयोग गरिने औजार) ले हानेर आमाको हत्या गरेका हुन् ।

जिल्ला प्रहरी प्रमुख लालध्वज सुवेदीका अनुसार, दुधौली नगरपालिका १४ भौडीका ४० वर्षीय तुलाराज सुनुवारले ६५ वर्षीया आमा फाल कुमारीको हत्या गरेका हुन् ।

फलामको खन्तीले टाउको र छातिमा हानेर हत्या गरिएको सुवेदीले जानकारी दिए ।

घरायसी विषयमा विवाद हुँदा छोराले आमालाई खन्तीले प्रहार गरेका थिए । आमा फाल कुमारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार