काठमाडौं– सोमबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण संघ महासंघका अनुसार सुनको मूल्य प्रतितोला २०० रुपैयाँका दरले घटेको छ । आइतबार १ लाख ९५ हजार ५०० रुपैयाँमा बिक्री भएको सुन सोमबार प्रतितोला १ लाख ९६ हजार ३०० रुपैयाँ कायम भएको छ ।
महासंघका अनुसार चाँदीको मूल्य भने प्रतितोला ५ रुपैयाँले वृद्धि भएको छ । महासंघका अनुसार चाँदी आइतबार २ हजार ३१० रुपैयाँले प्रतितोला कारोबार भएकोमा सोमबार बढेर २ हजार ३१५ रुपैयाँ कायम भएको छ ।