काठमाडौं । सुनको मूल्य प्रतितोला २ लाख नजिक पुगेको छ । यसैक्रममा आज सुन प्रतितोला १ हजार रुपियाँ बढेर हालसम्मकै उच्च रेकर्ड कायम भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रसततोला १ लाख ९९ हजार ४ सय रुपियाँमा कारोबार भइरहेको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य १० रुपैयाँले बढ्दै प्रतितोला २ हजार ३२५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।