सुनको मूल्य तोलामा १९०० रुपैयाँले बढ्यो, चाँदीकाे नि ?

काठमाडौँ– नेपाली बजारमा मंगलबार सुनको मूल्य वृद्धि भएको छ। सोमबारको तुलनामा मंगलबार छापावाल सुनको मूल्य तोलामा १९०० रुपैयाँ वृद्धि भएको हो।

जसअनुसार मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९८ हजार ५०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सोमबार भने छापावाल सुन तोलामा १ लाख ९६ हजार ६०० रुपैयाँ थियो।

यसैबीच चाँदीको मूल्य पनि बढेको छ। सोमबार तोलामा २ हजार २५५ रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर तोलामा २ हजार २८० रुपैयाँ पुगेको हो।

प्रतिक्रिया
सम्बन्धित समाचार