बान्टमवेट च्याम्पियन रवीन्द्र ढाँटलाई प्रधानमन्त्रीको बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले म्याट्रिक्स फाइट नाइट ९एमएफए १७०मा बान्टमवेट च्याम्पियन विजेता नेपालका रवीन्द्र ढाँटलाई बधाई दिएका छन् । प्रधानमन्त्री ओलीले आइतबार सामाजिक सञ्जालमार्फत बान्टमवेट च्याम्पियन विजेता रवीन्द्रलाई शुभकामना दिएका हुन् ।

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेखेका छन्– ‘भारतका चोङ्गरेङ्ग कोरेनलाई हराउँदै रवीन्द्र ढाँट म्याट्रिक्स फाइट नाइट ९एमएफए १७० मा बान्टमवेट च्याम्पियन बन्न सफल हुनुभएको छ । पहिलोपटक नेपाललाई उपाधि दिलाउन सफल रवीन्द्रलाई हार्दिक बधाई ।’

भारतको नोएडामा गएराति सम्पन्न म्याट्रिक्स फाइट नाइट ९एमएफएन०मा टाइटल विजेता चोङ्गरेङ्ग कोरेनलाई पराजित गर्दै ढाँटले उपाधि जितेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार