काठमाडौं – गत आर्थिक वर्ष २०८१/८२ मा वाणिज्य बैंकहरुको ६ करोड ५३ लाख ५१ हजार कित्ता सेयर किनबेच भएको छ । नेप्सेमा सूचीकृत १९ वाणिज्य बैंकको यो परिमाणमा सेयर कारोबार भएको हो । वर्षभरिमा २ सय ३१ दिन सेयर कारोबार भएको थियो । वाणिज्य बैंकहरुको सेयर २२ लाख ६३ हजार ४२० पटक किनबेच हुँदा १ खर्ब ९१ अर्ब २८ करोडबराबरको कारोबार भएको छ ।
कारोबार रकमका आधारमा कुमारी बैंक पहिलो नम्बरमा रहेको छ । बैंकको २ लाख ७४ हजार ८०४ कित्ता सेयर २१ अर्ब ९६ करोड ८० लाखमा कारोबार भएको छ । १५ अर्ब ७३ करोड ९४ लाख कारोबारसहित प्रभु बैंक दोस्रो नम्बरमा छ । तेस्रोमा ग्लोबल आइएमई बैंक रहेको छ । यो बैंकको १३ अर्ब ४४ करोड ६ लाखको सेयर कारोबार भएको छ । चौथोमा एनआईसी एसिया बैंकको कारोकार १३ अर्ब ११ करोड ६८ लाख रुपैयाँको छ । ११ अर्ब ७० करोड १२ लाख कारोबारसहित नबिल बैंक पाँचौं नम्बरमा छ । सबैभन्दा कम कारोकार हिमालयन बैंकको भएको छ । यो बैंकको गत आर्थिक वर्षमा ५ अर्ब ६१ करोड ७९ लाखको कारोबार भएको छ ।