एनपीएल पहिलो संस्करण: २७ करोड बढी आम्दानी, क्यानको खातामा साढे दुई करोड बचत

काठमाडौं– नेपाल क्रिकेट संघ (क्यानले) गतवर्ष आयोजना गरेको नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणमा क्यानले झण्डै साढे २ करोड रुपैयाँ मुनाफा कमाएको छ ।

बिहीबार क्यानको परिषद् बैठकमा पेश गरिएको आय व्यय विवरण अनुसार क्यानले पहिलो संस्करणमा २ करोड ४६ लाख ५० हजार ७८९ रुपैयाँ बचत गरेको हो ।

कुल २७ करोठ ६९ लाख ६४ हजार ८१८ रुपैयाँ आम्दानी गरेको क्यानले प्रतियोगिता सम्पन्न गर्न २० करोड १५ लाख ७३ हजार ५५९ रुपैयाँ खर्च गरेको छ ।

क्यानका प्रवक्ता छुम्बी लामाका अनुसार बचत रकमको ५० प्रतिशत अर्थात ४ करोड ३७ लाख ४० हजार ४७० रुपैयाँ प्रतियोगितामा सहभागी ८ फ्रेन्चाइज टोलीलाई दिइएको हो ।

बाँकी ५० प्रतिशतबाट ७० लाख रुपैयाँ प्रदेशलाई बाँडिएको छ । बाँकी २ करोड ४६ लाख ५० हजार ७८९ रुपैयाँ क्यानको खातामा बचत भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार