एनपिएलको अक्सन साउन २४ गते, ४५८ खेलाडीले गराए नाम दर्ता

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका लागि खेलाडी अक्सन साउन २४ गते हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुन लागेको प्रतियोगिताका लागि खेलाडी छनोट प्रक्रियाअन्तर्गत उक्त मितिमा अक्सन गरिने क्यानले जानकारी दिएको छ ।

क्यानका प्रवक्ता छुम्बी लामाका अनुसार दोस्रो संस्करणका लागि खेलाडी दर्ता प्रक्रिया जुलाई १२ देखि २२ (साउन २८ सम्म) सञ्चालन गरिएको थियो। उक्त अवधिमा कुल ४५८ जना नेपाली क्रिकेट खेलाडीहरुले आफ्नो नाम दर्ता गराएका छन् ।

दर्ता भएका सबै खेलाडीहरूको विवरण एनपीएलमा सहभागी आठवटा फ्रेन्चाइज टोलीलाई उपलब्ध गराइएको छ । क्यानको प्राविधिक समितिले तयार पारेको मापदण्डका आधारमा तथा फ्रेन्चाइज टोलीहरूले चाहेका खेलाडीहरूको सूचीअनुसार अक्सनमा सहभागी हुने खेलाडीहरूको अन्तिम नामावली सार्वजनिक गरिने प्रवक्ता लामाले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार