प्रभु सिस्टमेटिक इन्भेष्टमेन्ट स्किमको म्याद थप, कहिलेसम्म पाइन्छ आवेदन दिन ?

काठमाडौं । प्रभु म्युचुअल फण्डअन्तर्गत प्रभु क्यापिटलले जेठ २३ देखि निष्कासन तथा बिक्री खुला गरेको सामूहिक लगानी कोष प्रभु सिस्टमेटिक इन्भेष्टमेन्ट स्किमको इकाइ खरिदका लागि म्याद थप भएको छ ।

यसअघि कम्पनीले जेठ २७ (आज) सम्म मात्रै आवेदन दिन पाउने भनिएको थियो । तर पर्याप्त खरिद आवेदन नपरेपछि म्याद थप भएको हो । जसअनुसार लगानीकर्ताले असार ६ गतेसम्म आवेदन दिन पाउनेछन् ।

क्यापिटलले प्रतिइकाइ १० रुपियाँ अंकित दरमा २५ करोड रुपियाँबराबरको २ करोड ५० लाख इकाइ बिक्रीमा ल्याएको छ । खुलामुखी प्रकृतिको यस स्किमको कुल आकार भने ४ करोड इकाइको रहेको छ ।

कुल निष्कासनमध्ये ७.५ प्रतिशत अर्थात् ३० लाख इकाइ कोष प्रवर्द्धक प्रभु बैंक र ७।५ प्रतिशत अर्थात् ३० लाख इकाइ योजना व्यवस्थापक प्रभु क्यापिटललाई सुरक्षित गरिएको छ । बाँकी रहेको २ करोड ५० लाख कित्ता इकाइ खरिदका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार