काठमाडौं– एसियन लाइफ इन्सुरेन्सले लाभांश दिने भएको छ । कम्पनीको आइतबार जेठ २५ गते बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०८०/८१ को नाफाबाट शेयरधनीलाई लाभांश दिने भएको हो ।
कम्पनीले ५.३६ प्रतिशत लाभांश घोषणा गरेको छ । कम्पनीले शेयरधनीलाई ५.१० प्रतिशत बोनस शेयर र कर तिर्न ०.२६ प्रतिशत नगद घोषणा गरेको हो। उक्त प्रस्ताव बिमा प्राधिकरण र यस कम्पनीको आगामी वार्षिक साधारण सभाले स्वीकृत गरेपछि सेयरधनीलाई वितरण हुनेछ । यसअघि २०७९/८० मा कम्पनीले सेयरधनीलाई ८.१६ प्रतिशत लाभांश वितरण गरेको थियो ।