वाईफाई नेपालको अफर स् १०० एमबीपीएस इन्टरनेट साढे आठहजार रुपैयाँमा

काठमाडौं । इन्टरनेट सेवा प्रदायक वाईफाई नेपालले मनसुन विशेष ‘सेन्चुरी प्याक’ अफर सार्वजनिक गरेको छ । अफर आजदेखि लागु भएको छ । अफरमा प्रयोगकर्ताले १०० एमबीपीएसको उच्च गतिको इन्टरनेट सेवा १२ महिनाको सदस्यतामा एक महिना बोनस, नोकिया ५जी राउटर आठहजार ५०० रुपैयाँमा प्राप्त गर्नेछन् । यस मूल्यमा कुनै पनि प्रकारको थप शुल्क नलाग्ने कम्पनीले जनाएको छ ।

आफूहरूले सबै नेपालीलाई छिटो, भरपर्दो र किफायती इन्टरनेट सेवा उपलब्ध गराउने उद्देश्य राखेको वाईफाई नेपालका प्रमुख कार्यकारी अधिकृत शत्रुघन पञ्जियारले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार