आज सामान्य अंकले घट्यो सुन, कतिमा हुँदैछ कारोवार ?

काठमाडौँ – नेपाली बजारमा आज सोमबार सुनको मूल्य सामान्य अंकले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आईतबार तोलामा १ लाख ९० हजार ७०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य सोमबार एक सयले घटेर तोलामा १ लाख ९० हजार ६०० रुपैयाँ कायम भएको छ ।

यसैगरी सोमबार चाँदीको मूल्य तोलामा २ हजार १५० रुपैयाँ कायम भएको छ । यसअघि आइतबार चाँदीको मूल्य तोलामा २ हजार १४५ रुपैयाँ कायम भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार