घट्यो सुनको मूल्य, आज कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा ३ हजार रुपैयाँले घटेको हो ।

महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य एक लाख ९० हजार ७०० रुपैयाँमा काराेबार भइरहेको छ । गत शुक्रबार सुन प्रतितोला एक लाख ९३ हजार ७०० मा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला ५ रुपैयाँले घटेर दुई हजार १४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार