नयाँ रेकर्ड ! नेपालमा बीमाको पहुँच ४७.३९ प्रतिशत

काठमाडौं । नेपालमा बीमाको पहुँच ४७.३९ प्रतिशत नागरिकमा पुगेको छ । नेपाल बीमा प्राधिकरणबाट प्राप्त बैशाख मसान्तसम्मको तथ्यांकले यस्तो देखाएको हो ।

यो बीमा पहुँच हालसम्मकै उच्च हो । गत चैत मसान्तमा पनि बीमा पहुँच ४४.६४ प्रतिशत पुगेर रेकर्ड ब्रेक गरेको थियो । बैशाखमा त्यो २.७५ प्रतिशत विन्दुले बढेर ४७.३९ प्रतिशतमा पुगेर नयाँ रेकर्ड कायम भएको हो । एक महिनामै २.७५ प्रतिशत विन्दुले बीमा पहुचँ बढ्नलाई सकरात्मक रुपमा हेरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार