विपद् कोषमा चार अर्ब ६५ करोड बढी मौज्दात

काठमाडौँ । सरकारले विपद् व्यवस्थापन कोषमा रु चार अर्ब ६५ करोड २४ लाख मौज्दात रहेको जानकारी दिएको छ ।

गृह मन्त्रालयअन्तर्गत राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका निमित्त कार्यकारी प्रमुख बन्धुप्रसाद बाँस्तोलाले विपद्का समयमा आपतकालीन अवस्थाका लागि प्रयोग गर्न सकिने गरी उक्त रकम मौज्दात रहेको जानकारी दिए ।

उनका अनुसार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु एक अर्ब ८९ करोड २९ लाख, केन्द्रीय विपद् व्यवस्थापन कोषमा रु एक अर्ब २७ करोड ४७ लाख, प्रदेश विपद् व्यवस्थापन कोषमा रु ७९ करोड ४१ लाख मौज्दात रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार