बढ्याे पेट्रोल र डिजेलको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य बढाएको छ । पेट्रोलको मूल्य लिटरमा दुई रुपैयाँले बढाइएको छ । डिजेल र मट्टीतेलको मूल्य लिटरमा एक रुपैयाँले बढाइएको निगमले जनाएको छ ।

आइतबार ९जेठ १८० बिहानदेखि लागु हुने गरी पेट्रोल र डिजेलको मूल्य बढाइएको हो । हवाई इन्धनको मूल्य भने केही घटाइएको छ । खाना पकाउने एलपी ग्यासको खुद्रा बिक्री मूल्य यथावत् राखिएको निगमले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार