‘इमान्दारिताको साथ काम गरेआफ्‌नै देशमा हरेक क्षेत्रमा सम्भावनाहरु छन्’ – अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले युवाहरुलाई आफ्‌नै देशमा सम्भावना खोज्न आग्रह गरेका छन् ।

शुक्रवारदेखि काठमाडौंमा सुरु भएको नेपाल जेसीज युवा समिट तथा नेपाल जेसिज क्षेत्र ‘ग’ सम्मेलन २०८२ उद्घाटनका अवसरमा बोल्दै अध्यक्ष ढकालले नेपाल सम्भावना नै सम्भावनाको देश रहेकोले यहाँ केही छैन भन्ने भाष्य परिवर्तन गर्नु पर्नेमा जोड दिए ।

अध्यक्ष ढकालले हातमा सीप भएका र केही गर्छु भन्ने जाँगर भएका हरुलाई लगानीको लागि बैंक तथा वित्तीय संस्थाहरु र अन्य सहकार्यका लागि साझेदारहरु रहेको बताए । “म भन्छु ,नेपालमा जति सम्भावना अन्त कतैं छैन् । इमान्दारिताको साथ काम गरे नेपालमा हरेक क्षेत्रमा सम्भावनाहरु रहेका छन् । ती सम्भावनाहरु उजागर गर्न सक्नु पर्दछ । हामीले नेपालमा केही छैन भन्ने भाष्यलाई चिर्दै यही माटोमा सम्भावना खोज्नु पर्दछ । ” उनले भने ।

प्रतिक्रिया
सम्बन्धित समाचार