काठमाडौँ – राष्ट्रिय योजना आयोगले आफू मातहत रहेको आयोजना बैङ्कमा जेठ १३ गतेसम्म १३ सय २७ आयोजना प्रविष्ट भएको जनाएको छ ।
आयोगका अनुसार; यी सबै आयोजना सम्पन्न गर्न नौ खर्ब २० अर्ब रुपैयाँ लागत लाग्छ । जुन लागत नेपालको चालु आर्थिक वर्षको बजेटको आधा हिस्सा बराबरका हुन आउँछ ।
आयोगले आयोजना बैङ्कको अवधारणा सफलतापुर्वक कार्यान्वयन भएको पनि दाबी गरेको छ । आयोगले वि.सं. २०७६ देखि आयोगले आयोजना बैङ्क व्यवस्थापन सूचना प्रणाली विकास गरी यसको अभ्यास गर्दै आएको छ ।
नेपालमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ ले राष्ट्रिय योजना आयोगमा राष्ट्रियस्तरको आयोजना बैङ्क रहने व्यवस्था छ । आयोगले राष्ट्रिय आयोजना बैंङ्क९कार्य सञ्चालन तथा व्यवस्थापन० मापदण्ड, २०८१ तर्जुमा सहित आयोजना बैङ्क प्रणालीमा स्तरोन्नति समेत गरी वि.सं. २०८१ को फागुनदेखि कार्यान्वयनमा ल्याएको थियो ।
वि.सं. २०८२ जेठ १३ गतेसम्म राष्ट्रिय आयोजना बैङ्क व्यवस्थापन सूचना प्रणालीमा कुल १३२७ आयोजनाहरू प्रविष्ट भएका छन् ।
आयोगका अनुसार; कुल १३२७ आयोजनामध्ये तीन करोड रुपैयाँ लागत भएका ११४१ वटा आयोजना, तीनदेखि पाँच करोड रुपैयाँ लागत भएका ७९ वटा आयोजना, पाँचदेखि १० करोड रुपैयाँ लागत अनुमान भएका ४४ वटा आयोजना र १० करोडदेखि एक अर्ब रुपैयाँसम्मका २३ वटा आयोजना प्रविष्ट भएका हुन् ।