महालक्ष्मी विकास बैंक नेपाल पे कार्डमा आबद्ध

काठमाडौं– महालक्ष्मी विकास बैंक र एनसीएचएलबीच एनपीएस–एनसीएस तथा डोमेस्टिक कार्ड स्किम नेपाल पे कार्डको प्रिन्सिपल मेम्बरसिप सम्झौता भएको छ ।

सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत दीपेश लम्साल तथा एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले हस्ताक्षर गरे ।

बैंक तथा वित्तीय संस्थालाई नेपालको आफ्नै डोमेस्टिक कार्ड स्किम नेपाल पे कार्ड इस्यूइङ र अक्वायरिङका लागि आफ्नै स्वीच इन्टिग्रेटको आग्रह गरेसँगै बैंक वित्तीय संस्था एनपीएस–एनसीएस र नेपाल पे कार्डमा आबद्ध भइरहेको एनसीएचएलले जनाएको छ ।

नेपाल पे कार्डमा आबद्ध भएपछि बैंकका ग्राहकले उक्त कार्ड इस्यू तथा अक्वायर गर्न सक्नेछन् । एनसीएचएलले ५४ बढी बैंक तथा वित्तीय संस्थालाई विभिन्न राष्ट्रिय भुक्तानी प्रणाली सञ्चालन गरी सेवा दिँदै आएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार