सुनको मूल्य आज सोमबार घटयो, चाँदीको भने बढ्याे

काठमाण्डौ । सुनको मूल्यमा आज साेमबार गिरावट आएको छ । अघिल्लो दिन बढेको सुनको भाउ आज भने घटेको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य ०.४२ प्रतिशत अर्थात १४.४० डलरले घटेको छ ।
यो समाचार तयार पार्दासम्म सुनको कोरोबार प्रतिऔंस ३ हजार ३४८ डलरमा भईरहेको छ । अघिल्लो दिन भने सुनको मूल्य ६० डलरले बढेको थियो । आज चाँदीको भाउ भने बढेको छ । चाँदी ०.०४ डलरले बढेर प्रतिऔंस ३३.४८ डलर पुगेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार