काठमाडौं । सान्भी इनर्जी लिमिटेडले दोस्रो चरणअन्तर्गत जेठ ९ गते शुक्रबारदेखि १३ गते मंगलबारसम्म सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ ।
कम्पनीले प्रतिकित्ता १०० सय अंकित दरका ३७ लाख ९० हजार कित्ता शेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको थियो । जसमध्ये ८ लाख ८० हजार कित्ता आयोजना प्रभावितका लागि र २ लाख ९१ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरी बाँडफाँट गरिसकेको छ ।
जसमध्ये बाँकी रहेको २६ लाख १९ हजार कित्तामध्ये १ लाख ४५ हजार ५०० कित्ता सामूहिक लगानी कोष र ५८ हजार २०० कित्ता कर्मचारीलाई छुट्याएर बाँकी २४ लाख १५ हजार ३०० कित्ता सर्वसाधारणमा निष्कासन गर्न लागेको बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेण्ट बैंकिङ लिमिटेडले जनाएको छ । उक्त शेयर २ लाख ४१ हजार ५ सय ३० जनाले १०–१० कित्ताका दरले पाउने छन् ।