रवि लामिछानेको मुद्दाको सुनवाइ आज स्थगित

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको मुद्दामा आज सुनवाइ नहुने भएको छ । नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा हिजो सुरु भएको बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको थियो ।

आज एक न्यायाधीश उपलब्ध नहुने भएपछि सुनवाइ स्थगित गरिएको हो । न्यायाधीश सुवेदी आज संवैधानिक इजलासमा बस्नु पर्ने भएकाले आज लामिछानेको सुनवाइ स्थगित भएको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार