सिभिल सहकारीका पूर्वसञ्चालक तथा पूर्वसांसद इच्छाराजलाई थुनामा राख्ने विशेष अदालतको आदेश सर्वोच्चद्वारा सदर

काठमाडौं– विशेष अदालतको आदेशबाट थुनामा रहेका सिभिल सहकारीका पूर्वसञ्चालक तथा पूर्वसांसद इच्छाराज तामाङलाई सर्वोच्च अदालतले पनि थुनामै राख्ने आदेशलाई निरन्तरता दिन आदेश दिएको छ ।

सहकारी ठगीसम्बन्धी कसुर, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा पुर्पक्षका लागि थुनामा राख्ने तल्लो तहको अदालतको आदेशविरुद्ध उनी सर्वोच्च अदालत गएकोमा सर्वोच्चले शुक्रबार कानूनबमोजिम गर्नू भनी आदेश दिएको हो । उक्त आदेश आएसँगै यसअघिकै आदेशले निरन्तरता पाएको हो ।

थुनुवाका रूपमा रहेका उनले गत माघ तेस्रो साता सर्वोच्च अदालतमा निवेदन दर्ता गरेका थिए । त्यसमाथि न्यायाधीश नहकुल सुवेदी र अब्दुलअजिज मुसलमानको संयुक्त इजलासले कानूनबमोजिम गर्न आदेश दिएको हो ।

पूर्वसांसद तामाङमाथि सिभिल सहकारीको हजारौं बचतकर्ताको रकम हिनामिना गरेको अभियोग लागेको थियो । उनीविरुद्ध लागेका मुद्दा जिल्ला अदालत काठमाडौंमा विचाराधीन अवस्थामा छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार