एनएलजी इन्स्योरेन्सले बोलायो साधारणसभा, बुक क्लोज कहिले ?

काठमाडौं– एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले बोनस प्रस्ताव पारित गर्न जेठ २९ गते काठमाडौंको बालुवाटारमा बिहान ११ बजे साधारणसभा बोलाएको हो ।

सभामा कम्पनीले चुक्ता पुँजीको २.५० प्रतिशत अर्थात ६ करोड २५ लाख ६६ हजार ४५० रुपैयाँ बराबरको बोनस शेयर र त्यसमा लाग्ने कर प्रयोजनका लागि ०.१३१५७९ प्रतिशत अर्थात ३२ लाख ९२ हजार ९७१ रुपैयाँ दिने भएको छ ।

कम्पनीको हाल २ अर्ब ५० करोड २६ लाख ५७ हजार ९८२ रुपैयाँ बराबरको रहेको छ । वार्षिक साधारणसभा र बोनस सुरक्षित गर्न कम्पनीले जेठ २२ गते बिहीबार एक दिनको लागि बुक क्लोजको मिति तोकेको छ ।

जेठ २१ गतेसम्म कायम रहने शेयरधनीले मात्र कम्पनीले प्रस्ताव गरेको उक्त बोनस पाउने छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार