काठमाडाैँ । चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासमा जीवन बीमा कम्पनीहरुको खुद नाफा ११.९३ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म १४ जीवन बीमा कम्पनीले ४ अर्ब ८८ करोड ७३ लाख रुपैयाँ नाफा कमाएका हुन् ।
तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार सबैभन्दा धेरै नाफा कमाउनेमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी छ । नेपाल लाइफले चैत मसान्तसममा ६५ करोड २२ लाख २३ हजार रुपैयाँ नाफा गरेको हो । जुन जीवन बीमा कम्पनीहरूमध्येकै सबैभन्दा धेरै हो । गत वर्षको चैतमा यस कम्पनीले ६० करोड ३ लाख ५७ हजार रुपैयाँ नाफा गरेको थियो । नाफा धेरै बढाउनेमा भने एसियन लाइफ इन्स्योरेन्स छ । को ५९.५० प्रतिशत बढेर ३३ करोड ४७ लाख १६ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । गत वर्षको चैतमा यस कम्पनीले २० करोड ९८ लाख ४४ हजार रुपैयाँ नाफा गरेको थियो ।
दोस्रो धेरै नाफा आर्जन गर्नेमा हिमालयन लाइफ रहेको छ। अघिल्लो वर्ष हिमालयन लाइफले ४३ करोड ५४ लाख रुपैयाँ नाफा आर्जन गरेकोमा समीक्षा अवधिमा बढेर ४७ करोड २४ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको तुलनामा कम्पनीको नाफा ८.४९ प्रतिशतले बढेको छ। धेरै नाफा आर्जन गर्ने तेस्रो कम्पनीमा रिलायबल नेपाल लाइफ रहेको छ। यो कम्पनीले समीक्षा अवधिसम्म ४६ करोड ५७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले ३४ करोड २ लाख रुपैयाँ नाफा कमाएको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको नाफा ३६.८८ प्रतिशतले बढेको छ।