आईपीएल मे १७ बाट पुनः सुरु हुँदै

काठमाडौँ –इन्डियन प्रिमियर लिग (आइपीएल) २०२५ मे १७ बाट पुनः सुरु हुने भएको छ । यस सिजनको फाइनल खेल भने जुन ३ मा हुने छ ।

आइपिएलले आफ्नो एक्स ह्यान्डलमा यो जानकारी दिएको छ । मे ८ मा पञ्जाब किंग्स र दिल्ली क्यापिटल्स बीचको खेल रद्द भएपछि आइपिएल एक हप्ताका लागि स्थगित गरिएको थियो ।

हिमाचल प्रदेशको धर्मशालामा आइपिएलमा पञ्जाब र दिल्लीबीचको खेल चलिरहेको थियो र यसैबीच रंगशालामा ब्ल्याकआउट भयो र खेल रद्द गरिएको थियो ।

भारतीय रक्षा मन्त्रालयका अनुसार मे ८ को राति पाकिस्तानले भारतका धेरै ठाउँमा मिसाइल र ड्रोनबाट आक्रमण गरेको थियो । तर अब अवस्था विस्तारै सामान्य बन्दै गएपछि पुनः सुरु गर्ने तयारी गरिएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार