सुनको मूल्य तोलामा ६ सयले बढ्यो, चाँदीको भने घट्याे

काठमाडौँ – आज  बिहीबार नेपाली बजारमा सुनको मूल्य सामान्य अंकले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा छापावाल सुनको मूल्य आज तोलामा ६०० रुपैयाँले बढेको हो ।

महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ लाख ९२ हजार २०० रुपैयाँ कायम भएको छ । यस अघि बुधबार सुनको मूल्य तोलामा १ लाख ९१ हजार ६ सय कायम थियो ।

यस्तै चाँदीको मूल्य भने घटेको छ । बुधबार तोलामा १ हजार ९६५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार घटेर तोलामा १ हजार ९५५ रुपैयाँ कायम भएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार