आजको तारा तपाईंका लागि चम्किरहेको छ ! हेर्नुहोस् आफ्नो आर्थिक राशिफल

🐏 मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

प्रतिस्पर्धामा सफलता मिल्नेछ। शत्रुहरू परास्त हुनेछन्। आर्थिक कारोबारमा नयाँ अनुबन्ध सोचविचार गरेर गर्नुहोला। स्वास्थ्यमा केही समस्या देखिन सक्छ। शुभ रंग: पहेँलो, शुभ अंक: ९।

🐂 वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

सन्तान पक्षबाट शुभ सूचना प्राप्त हुनेछ। व्यापार व्यवसायमा मनग्य लाभ रहनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। परिवारसँग मिठो समय व्यतीत हुनेछ। शुभ रंग: गुलाबी, शुभ अंक: ७।

👫 मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

पारिवारिक विषयवस्तुमा अलमलिदा कार्यक्षेत्रमा बाधा आउनेछ। नोकरी वा पेशामा अरुको लागि समय र बुद्धि खर्च गर्नुपर्ला। माताको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। शुभ रंग: हरियो, शुभ अंक: ६।

🦀 कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

आँटेका कार्य सम्पादन हुनेछन्। नयाँ नोकरीमा सफलता मिल्नेछ। दिगो योजनाहरू अघि बढाउँदा लाभ मिल्नेछ। गोपनीय ढंगले गरेको कार्यमा सफलता मिल्नेछ। शुभ रंग: सेतो, शुभ अंक: ४।

🦁 सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

हर्ष र प्रसन्नताको साथमा समय बित्नेछ। आलस्यले गर्दा आँटेको काममा सफलता मिल्न गाह्रो हुनेछ। कार्यक्षेत्रमा कार्यले तीव्रता लिनेछ। शुभ रंग: हरियो, शुभ अंक: ४।

👧 कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

प्रतियोगितात्मक क्रियाकलापमा लाभ मिल्नेछ। आत्मविश्वासमा वृद्धि हुनेछ। नयाँ कामको सुरुवात गर्ने समय रहेको छ। न्यायिक क्षेत्रमा पक्ष सबल रहनेछ। शुभ रंग: सेतो, शुभ अंक: ६।

⚖ तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

विचार नपुराएर निर्णय लिँदा आत्मविश्वासमा कमी आउनेछ। व्यापारबाट सजिलै लाभ प्राप्त गर्न सकिनेछ। मेहनत अनुसार आर्थिक लाभ मिल्नेछ। स्वास्थ्यलाई लिएर सजग रहनुहोस्। शुभ रंग: रातो, शुभ अंक: ३।

🦂 वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

आयस्रोतका नयाँ अवसर जुट्नाले मन प्रसन्न रहनेछ। साहित्यको क्षेत्रमा रुचि बढ्नेछ। रोकिएका कार्य पुनः प्रारम्भ हुनेछन्। परिवारमा दाजुको सहयोग मिल्नेछ। शुभ रंग: पहेँलो, शुभ अंक: ४।

🏹 धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

उधारो अवस्था सिर्जना हुनसक्छ, सावधान भएर निर्णय लिनुहोला। आँटेको कार्य बन्नाले अरु कार्यमा जोश जाँगर जाग्नेछ। आफ्नो व्यक्तित्वले अरुलाई प्रभावित पार्न सफल भइनेछ। शुभ रंग: केशरी, शुभ अंक: ८।

🐊 मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)

कार्यक्षेत्रमा आफ्नो कार्य इमान्दारीपूर्वक गर्नुहोला। आर्थिक क्रियाकलापमा संलग्न रहनुपर्ला। समयलाई आफ्नो अनुरूप चलाउन सक्नुहुनेछ। शुभ रंग: खैरो, शुभ अंक: ४।

🌊 कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

जोश र जागरको कमीले अवसर गुमाउन सक्नुहुनेछ। सवारी साधन चलाउँदा सावधान रहनुहोला। चुनौतीपूर्ण कार्य वहन गर्नुपर्ला। शुभ रंग: निलो, शुभ अंक: २।

🐟 मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

व्यापार व्यवसायमा नसोचेको ठाउँबाट अनपेक्षित लाभ मिल्ला। पुरानो साथीसँग भेटघाटको अवसर जुट्नेछ। नवीन रोजगारको सम्भावना रहेको छ। पारिवारिक जिम्मेवारीमा समय व्यतित होला। शुभ रंग: निलो, शुभ अंक: ९।

प्रतिक्रिया
सम्बन्धित समाचार