काठमाडौं । चौधरी ग्रुपका अध्यक्ष एवं सांसद विनोद चौधरी र माइक्रोसफ्टका सह-संस्थापक बिल गेट्ससँग भेटवार्ता भएको छ। सिङ्गापुरमा आयोजित फिलान्थ्रपी एशिया एलायन्स-२०२५ (पिएए-२०२५) को अवसरमा मंगलबार दुई अर्बपतिबीच भेट भएको हो ।
भेटका क्रममा दुवै बीच नेपालको स्वास्थ्य सेवा र रोजगारी क्षेत्रका प्रमुख चुनौतीबारे छलफल भएको छ ।
भेटमा चौधरीले सन् २०७२ को विनाशकारी भूकम्पदेखि कोभिड–१९ महामारीसम्म र बालपोषणको क्षेत्रमा ‘बलियो नेपाल’ अभियानमार्फत गरिएको साझेदारीका लागि गेट्स फाउन्डेसनप्रति आभार प्रकट गरे । उनले नेपालको सामाजिक क्षेत्रमा बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेसनको दशकौंदेखिको सहकार्यलाई थप विस्तार गर्ने विषयमा छलफल गरे ।
चौधरीले सोसियल मेडियामार्फत बिल गेट्ससँगको साइडलाइन मिटिङको तस्बिर पोस्ट गर्दै उक्त जानकारी दिएका हुन् ।