आजको दिन यहाँहरुके शुभ रहोस् ! हेर्नुहोस् आर्थिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

आजको दिन व्यापार व्यवसायमा फस्टाउने संकेत देखिन्छ। कृषि तथा पशुपालन व्यवसायमा आधुनिकीकरण गरी आम्दानी बढाउन सकिनेछ। जीवन साथीको सहयोग रहनेछ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

अर्थ उपार्जनका विभिन्न स्रोतहरू जुट्ने हुनाले पछिसम्म आम्दानी हुने व्यवसायमा लगानी बढाउन सकिनेछ। परिवारका साथ मिष्टान्न भोजन लिने अवसर मिल्नेछ। विवादित विषयहरूको नतिजा तपाईँको पक्षमा आउनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

व्यवसायमा लगानी बढाई प्रशस्त आम्दानी गर्न सकिनेछ। बोलीको प्रभाव बढ्ने हुँदा बोलेकै भरमा कामहरू सम्पादन हुनेछन्। होटल रेष्टुरा तथा खाद्यान्नको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

समयानुकूल चल्न सकिने हुनाले व्यापारमा भनेजस्तो आम्दानी हुनेछ। वित्तीय क्षेत्र तथा सेयर बजारमा आज गरिने लगानीबाट मनग्गे धन आर्जन गर्न सकिनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

व्यवसायमा अग्रिम रोकिएका योजनाहरू सम्पादन हुनेछन्। भौतिक सुख सुविधामा कमी आउन सक्छ। कार्यक्षेत्रमा गम्भीर र तटस्थ भएर काम गर्नुपर्नेछ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

आर्थिक क्षेत्र सम्बन्धि अर्थात् बैंक, फाइनान्स आदि क्षेत्रमा काम गर्ने व्यक्तिले विशेष लाभ प्राप्त गर्न सक्छन्। धनको बचत र दीर्घकालीन लगानी हुन सक्छ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

आर्थिक दृष्टिले दिन लाभदायी रहनेछ। व्यापार व्यवसायमा नयाँ अवसरको उपयोग गरि दिगो फाइदा कमाउन सक्नुहुनेछ। भावनामा आधारित निर्णय नलिनुहोला। आजको शुभ रंग सेतो हो भने शुभ अंक ९ रहेको छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

रोकिएको कार्य अगाडि बढ्नेछ। आँटेका कार्यहरू पूर्ण गर्नमा सफलता मिल्नेछ। घर परिवारमा नकारात्मक कुरा नगर्नुहोस्। भगवती लक्ष्मीलाई फूल चढाएर दिन प्रारम्भ गर्नुहोस्। आजको शुभ रंग रातो हो भने शुभ अंक ३ रहेको छ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

दाम्पत्य जीवनमा जीवन साथीको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। अनावश्यक खर्चले मन अशान्त रहनेछ। नयाँ योजनाहरूमा निर्णय लिन हतार नगर्नुहोला। आजको शुभ रंग सेतो हो भने शुभ अंक ७ रहेको छ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)

वैदेशिक रोजगारमा सफलता मिल्नेछ। आध्यात्मिक वा गुप्त विद्या सिख्नमा मन लाग्नेछ। व्यापार र उद्योगमा मनग्य लाभ रहनेछ। स्वास्थ्यलाई लिएर खानपानमा सचेत रहनुहोला। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ८ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

साझेदारी व्यापारमा लाभ मिल्नेछ। प्रेम सम्बन्ध वा दाम्पत्य जीवन सुमधुर रहनेछ। आम्दानीका नयाँ स्रोतहरू बढ्नेछन्। साहित्य वा लेखन कलामा निखार आउनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ४ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

कार्यक्षेत्रमा अधिकारी वर्गहरूबाट प्रशंसा पाइएला। प्रशासनबाट सहयोग मिल्नेछ। रोकिएका कार्य प्रारम्भ हुनेछन्। प्रतियोगी परीक्षामा सफलता मिल्नेछ। सवारी साधन चलाउँदा सावधान रहनुहोस्। आजको शुभ रंग खैरो हो भने शुभ अंक ५ रहेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार