युक्रेनमाथि आणविक हतियार प्रयोग गर्ने अवस्था नआओस् : पुटिन

काठमाडौं– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमाथि आणविक हतियार प्रयोग गर्ने अवस्था नआओस् भन्ने आफ्नो अपेक्षा रहेको बताएका छन् । रुसी राज्य नियन्त्रित टेलिभिजनमा उनले यस्तो टिप्पणी गरेका हुन् ।

आइतबार प्रसारण गरिएको पुटिनको घोषणामा हालसम्म युक्रेनमा आणविक हतियार प्रयोग गर्ने अवस्था नआएको र त्यस्तो अवस्था नआओस् भन्ने आफ्नो अपेक्षा रहेको बताए । उनले युक्रेनमा जारी द्वन्द्वको तर्कसंगत समाधान गर्ने क्षमता र साधन रुससँग रहेको बताए ।

यसअघि सन् २०२४ को नोभेम्बर महिनामा पुटिनले रुसको आणविक हतियार प्रयोग सिद्धान्तलाई संशोधन गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार