सुनको मूल्य आज बढ्यो, चाँदीको भने स्थिर 

काठमाडौं । नेपाली बजारमा आज सोमबार (वैशाख २२) सुनको मूल्य बढेको छ । सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन छापावाल सुनको मूल्य तोलाको एक लाख ८४ हजार ६०० रुपैयाँ कायम छ । आइतबार (वैशाख २१) छापावाल सुन प्रतितोला एक लाख ८४ हजार १०० रुपैयाँमा किनबेच भएको थियो ।

चाँदीको मूल्य भने स्थिर छ । चाँदी प्रतितोला एक हजार ९१० रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । आइतबार पनि चाँदी यही मूल्यमा कारोबार भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार