पञ्जाब किंग्सले लखनउ सुपर जायन्टस्लाई जितका लागि दियो २३७ रनको विशाल लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको खेलमा पञ्जाब किंग्सले लखनउ सुपर जायन्टस्लाई जितका लागि २३७ रनको विशाल लक्ष्य दिएको छ । हिमाचल प्रदेश क्रिकेट संघ रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको पञ्चालबले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २३६ रन बनायो ।

उसका लागि प्रभसिमरन सिंह ९१ रन बनाए । ४८ बलको सामना गरेका उनले ६ चौका र सात छक्का प्रहार गरे । त्यस्तै कप्तान श्रेयस अय्यरले २५ बलमा ४ चौका र २ छक्कासहित ४५ रन बनाए । यता शशांक सिंहले ३३,जोस इंग्लिसले ३०, नेहल वधेराले १६ रन बनाए ।

लखनउका लागि दिग्वेश राठी र आकाश सिंहले समान २ विकेट लिए । प्रिन्सं यादवको नाममा एक विकेट रह्यो ।

प्रतिक्रिया
सम्बन्धित समाचार