अमेरिकामा नेपाली युवा बाल यौन शोषण नेटवर्क चलाएको अभियोगमा पक्राउ

अमेरिका– विश्वव्यापी बाल यौन शोषण नेटवर्क संचालन गरेको अभियोगमा नेपाली युवा अमेरिकामा पक्राउ परेका छन् । नर्थ क्यारोलिना राज्य निवासी २० वर्षीय प्रशन नेपाल अनलाइन सञ्जालको रुपमा विश्वव्यापी बाल यौन शोषण नेटवर्क चलाएको अभियोगमा गतसाता पक्राउ परेका हुन् ।

उनीविरुद्ध अमेरिकामा हालसम्मकै जघन्य अनलाइन बाल शोषण उद्यम गरेको अभियोगमा युनाइटेड स्टेट डिस्ट्रिक कोर्ट, डिस्ट्रिक अफ कोलम्बियामा मुद्दा चलाइएको छ । मुद्दा नर्थ क्यारोलिनाबाट वासिङ्टन डिसीमा स्थानान्तरण गरिएको थियो ।

नेपालसँगै २१ वर्षीय लियोनिडास वारागियानिसलाई पनि पक्राउ गरिएको छ । वारागियासिन कुन देशको नागरिक भन्ने खुलाइएको छैन । उनीहरुको अभियोग प्रमाणित भएमा आजीवन काराबास हुन सक्ने डिपार्टमेन्ट अफ जस्टिसले जनाएको छ ।

नेपाल र वारागियानिसले अनलाइनमा कमजोर बालबालिकाहरुलाई लक्षित गर्दै उनीहरुलाई उक्साएर र धम्क्याएर अश्लील सामग्रीहरु उत्पादन गर्न बाध्य पारेको र ती सामग्रीमार्फत ८ जना नाबालिगको शोषण गरेको अभियोग लगाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार