कश्मीर हमलापछि आधाभन्दा बढी रिसोर्ट अस्थायी रूपमा बन्द

काठमाडौं । भारतको कश्मीरका अधिकारीहरूले सो क्षेत्रमा रहेका आधाभन्दा बढी रिसोर्ट अस्थायी रूपमा बन्द गराएका छन् । यो निर्णय कश्मीरको पहलगामनजिकैको रिसोर्टहरू भएको क्षेत्रमा बन्दुकधारीले २६ जनाको हत्या गरेको एक हप्तापछि भएको हो । हत्या हुनेमध्ये धेरै भारतीय पर्यटक थिए ।

नाम नबताउने सर्तमा कम्तीमा दुईजना प्रहरी अधिकारी र तीन प्रशासनिक अधिकारीले मंगलबार यो निर्णयको पुष्टि गरेको समाचार संस्था एपीले जनाएको छ ।

समाचारअनुसार सुरक्षा सावधानीका लागि ८७ वटा सरकारी अनुमतिमा चल्ने रिसोर्टमध्ये ४८ वटा बन्द गर्ने निर्णय लिइएको छ । तर, यी स्थानहरू कतिको समयसम्म पर्यटकका लागि प्रतिबन्धित हुनेछन् भन्ने स्पष्ट गरिएको छैन ।

गतहप्ता पर्यटकमाथि भएको आतंककारी हमलाले भारत र पाकिस्तानबीच तनाव बढाएपछि यस क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार