कुमारी बैंकल़े संस्थापक सेयर बिक्री गर्ने

काठमाडौँ – कुमारी बैंक लिमिटेडले संस्थापक सेयर बिक्री गर्ने भएको छ ।

बैंकले बैंककै विद्यमान संस्थापक सेयरधनीहरूका २ हजार ३०५ कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो ।

सेयरको मूल्य बिक्रेताले तोके बमोजिम हुने बैंकले जनाएको छ । उक्त सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र नक्सालस्थित कुमारी क्यापिटल लिमिटेड वा टंगालस्थित बैंकको प्रधान कार्यालयमा निवेदन दिनु पर्नेछ। बैंकले तोकेको समयभित्र संस्थापक सेयरधनीबाट सेयर खरिदका लागि आवेदन प्राप्त नभएमा सो सेयर सर्वसाधारणलाई बिक्री गरिने बैंकको भनाई छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार