चुनावपछि सुनको भाउ तोलामै रु. ४२०० ले घट्यो, चाँदीको बढ्यो

काठमाण्डौ । निर्वाचनपछि खुलेको बजारमा सुनको भाउ घटेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य ३ लाख १३ हजार ४०० मा सीमित बन्न पुगेको हो ।

यसअघि बुधबार नेपाली बजारको सुनको मूल्य प्रतितोला ३ लाख १७ हजार ६०० रुपैयाँ रहेको थियो । यसरी सुनको भाउ शुक्रबार प्रतितोलामा ४२०० रुपैयाँ घट्न पुगेको हो ।

चाँदीको मूल्य भने बढेको छ । बुधबार बजारमा चाँदीको भाउ प्रतितोला रु. ५५४० रहेकोमा बढेर शुक्रबार ५५४५ रुपैयाँको उचाईमा पुगेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार