काठमाण्डौ । मध्यपूर्वमा चर्किएको युद्धपछि सुरक्षित लगानीप्रतिको आकर्षण बढ्दा सुनको मूल्यमा उकालो लाग्ने क्रम निरन्तर छ । यो क्रममा मंगलबार पनि नेपाली बजारमा सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारका लागि स्थानीय बजारमा सुनको मूल्य प्रतितोला ३ लाख २८ हजार ६०० रुपैयाँ कायम भएको छ । यो भनेको अघिल्लो दिनको मूल्यको तुलनामा प्रतितोला २ हजार ५०० महंगो हो । सोमबार सुनको मूल्य प्रतितोला ३ लाख २६ हजार १०० रहेको थियो ।
सुन बढे पनि चाँदीको मूल्य भने मंगलबार घटेको छ । सोमबार चाँदीको मूल्य प्रतितोला ६ हजार २० रुपैयाँ रहे पनि मंगलबार भने घटेर ५ हजार ८१५ कायम भएको छ ।