सुनको मूल्यमा फेरी नयाँ कीर्तिमान, एकैदिन ५२ सयले बढ्यो तोलामा 

काठमाडौं । लगातार बढिरहेको सुनको मूल्यले एकपछि अर्को कीर्तिमान कायम गर्ने क्रम जारी छ ।सोमबार (माघ १२) मा पनि सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन तोलामै ५२ सयले बढेको हो ।

५२ सय बढेपछि सुनको मूल्य प्रतितोला ३ लाख ९ हजार रुपैयाँ पुगेको छ ।

अघिल्लो दिन तीन लाख तीन हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदीको मूल्य पनि तोलामा २७५ रुपैयाँले बढेर प्रतितोला ६ हजार ७६५ रुपैयाँ पुगेको छ महासंघले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार